धरानमा यायोक्खाको प्रशिक्षण, किरात प्रदेशको लागि निर्णायक आन्दोलनको तयारीमा लाग्न निर्देशन - Crazysaptahik.com

धरानमा यायोक्खाको प्रशिक्षण, किरात प्रदेशको लागि निर्णायक आन्दोलनको तयारीमा लाग्न निर्देशन

क्रेजी साप्ताहिक सुनसरी । किरात राई यायोक्खाको केन्द्रीय नेताहरुले प्रदेश १ को नाम किरात राख्न निर्णयक तयारीमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन ।  यायोक्खा राई समुदायको साझा सस्था हो । किरात प्रदेश अभियानको लागि जिल्ला दौडाहामा रहेको यायोक्खाको टोलि शनिवार (पुस ६) सुनसरीको धरान पुगेर कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका हुन ।

अभियान टोलिमा यायोक्खा केन्द्रीय उपाध्यक्ष तथा १ नम्नर प्रदेश ईन्चार्ज तिलकप्रसाद राई, महासचिव जनक राई, उपमहासचिव भीम राई, सचिव अर्जुन जम्नेली राई, दोर्पध्वज राई, डा. कैलाश राई, शालिक सातासक राई लगायतले राजनीति, सांस्कृतिक, भाषिक, सांगठनिक तथा भाबि आन्दोलनको तयारी बारे बोलेका थिए । आगामी हिउँदे अधिवेशनमा प्रदेश १ सभामा नामाकरणको छलफल हुनै लाग्दा यायोक्खा दबाब र आन्दोलनको तयारीको लागि अभियानमा लागेको हो ।धरान स्थित यलम्बर भवनमा आयोजित प्रशिक्षण कार्यक्रममा बक्ताहरुले नाम किरात नराखे निर्णयक आन्दोलनको तयारीमा लाग्न निर्देशन दिएका हुन । जिल्लाको केन्द्रीकृत कार्यक्रमपछि स्थानीय तह र वडासम्म अभियानमा लाग्न निर्देशन दिएका हुन । सुनसरीमा करिव डेढ सयको संख्यामा सहभागी थिए ।

किरात अभियान टोलि काठमाडौको ३ जिल्ला, सप्तरी, सिराहा, उदयपुर, मोरङ, झापा, इलाम, पाँचथर र सुनसरीमा ओरशिक्षन दिइसकेको यायोक्खा केन्द्रीय प्रचारप्रसार बिभाग प्रमुखसमेत रहेका सचिव अर्जुन जम्नेली राईले बताए । यायोक्खाले प्रदेशको नाम बारे साझा धारणा बनाउन किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा, सुनुवार सेवा समाज, थामी सेवा समाजसँग समन्वय गर्दै आएका छन । त्यसैगरी स्थापित दलका नेताहरु, संघीय तथा प्रदेश सरकरका प्रतिनिधि र सांसदहरुसँग निरन्तर छलफल गर्दै आएको छ । प्रदेशमा दुई तिहाई बहुमत रहेको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को बहुमत सदस्य किरात नाम जोडिरै लानु पर्ने पक्षमा रहेको बुझिन्दै आएको छ । प्रमुख प्रतिपक्षी नेपाली काग्रेसको केही सांसद, २ वटा सद्स्य रहेको समाजवादी पार्टी नेपाल र एउटा सांसद रहेको संघीय लोकतान्त्रिक राष्टिय मन्च(लिम्बुवान) पनि नाममा किरात जोडेर लानुपर्ने मत राख्दै आएका छन ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.