विश्वकै कामुक शाकाहारी छिल्लर - Crazysaptahik.com

विश्वकै कामुक शाकाहारी छिल्लर

पूर्व विश्व सुन्दरी मानुषी छिल्लरले विश्वको सबैभन्दा कामुक शाकाहारी व्यक्तिको उपाधि पाएकी छन्। पशु अधिकारका लागि काम गर्ने संस्था पिपुल फर एथिकल ट्रिटमेन्ट अफ एनीमल्स (पेटा)ले उनलाई सेक्सिएस्ट भेजिटेरियन पर्सनालिटीको उपाधि दिएको हो ।

एसराज फिल्म्सको सबैभन्दा ठूलो र ऐतिहासिक फिल्म पृथ्वीराजमा बलिउड अभिनेता अक्षय कुमारसँग डेब्यु गर्न लागेकी मानुसी छिल्लर पहिलेदेखि नै शाकाहारी हुन् । उनी भन्छिन्, ‘शाकाहारी हुनु मेरो बाँच्नु एक तरिका हो, मेरा अभिभवाक पनि शाकाहारी नै हुन्, त्यसैले कहिल्यै यस्तो महशुस नै भएन कि म शाकाहारी हुँ ।’

शाकाहारी भएर पनि आफ्नो स्वास्थ्यलाई राम्रो बनाउन सकिने उनतको तर्क छ । शाकाहारी भोजनले कोलेस्टोल र प्रेशर पनि कम गर्ने उनको भनाइ छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.