‘लप्पन छप्पन २’को टिजरमा भरपुर एक्सन - Crazysaptahik.com

‘लप्पन छप्पन २’को टिजरमा भरपुर एक्सन

मुकुन्द भट्टको निर्देशन रहेको फिल्म ‘लप्पन छप्पन २’को अफिसियल टिजर सार्वजनिक गरिएको छ । आगामी बैशख १२ रिलिज मिति तोकिएको फिल्म टिजरमा फिल्मका केही मुख्य अंस समेटिएका छन् ।

१ मिनेट २३ सेकेण्ड लामो टिजरमा एक्सन दृश्यले प्रथामिकता पाएको छ । टिजरमा कलाकारको एक्सन भरपुर देख्न सकिन्छ । टिजरबाट फिल्म पैसाको चलखेलको बिषयमा निर्माण भएको अनुमान लगाउन सकिन्छ ।

शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, नविन मानन्धर, विशाल पहारी, किशोर भट्ट, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय रहेको फिल्मका प्रस्तुतकर्ता खिलेन्द्रराज तिमल्सिना हुन् ।

शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, श्रीजना सिना, रन्जीत ओन्ता लगायतले फिल्मबाट अभिनयमा डेब्यु गर्दैछन् । पुरुषोत्तम प्रधानको छायांकन रहेको फिल्ममा शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट (एमआरआरजे), दीपक आरजे र बुलेट फ्लोको संगीत छ ।

किङ योगी र दिलिप ओकेधाको कोरियोग्राफी, हिमाल केसी र निर्देशक भट्टको एक्सन, निरज केसीको साउण्ड र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्म गोल्डेन हिल्स पिक्चर्ससँग इपी एजुकेशन अस्ट्रेलिया, युएमआइ ग्रुप युरोप र एमएसी मिडियाले सहकार्यमा निर्माण गरेका हुन् ।

टिजर हेर्नुहोस् :

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.