ओएस अवार्ड बिजेता श्रेष्ठको नयाँ रोमान्टिक डान्स गित ‘पिरती नाप्ने के ले हो ?’ - Crazysaptahik.com

ओएस अवार्ड बिजेता श्रेष्ठको नयाँ रोमान्टिक डान्स गित ‘पिरती नाप्ने के ले हो ?’


एलिना दियाली । ओएस नेपाल म्युजिकल अवार्ड २०१९ का बिजेता गायक तथा ईन्जिनियर बीरेन्द्र श्रेष्ठको नयाँ रोमान्टिक डान्स गित ‘पिरती नाप्ने के ले हो ?’ को छायांकन सम्पन्न भएको छ । श्रेष्ठ संगै अन्तर्रा्ष्ट्रिय स्तरमा समेत चर्चा कमाईसक्नु भएकी चर्चित गायिका टीका प्रसाईंको सुमधुर आवाजमा रहेको रोमान्टिक डान्स गितको भिडियोमा रिस्ता बस्नेत र सन्जिब लिम्बूलाई मुख्य भुमिकामा देख्न सकिन्छ ।

नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार स्व. दिपक क्षेत्रिकि छोरि हुन् रिस्ता, बाबुको असामायिक निधन पछिको पहिलो प्रोजेक्ट रहेको रिस्ता बताउछिन् भने सन्जिब लिम्बुले चलचित्र शान्तीमा मुख्य भुमिका मा रहेर काम गरिसकेका छन भने म्यूजिक भिडियो क्षेत्रमा पाइला अघि सार्दै आफुहरुले सकेसम्म राम्रो प्रयास गरेकोले दर्शकले माया गर्नु हुने बताउछन दुबै कलाकारहरु।

रबीन स्वप्निल गिरीको शब्द, दिपक राज बिश्वकर्माको सङ्गीत, उदयराज पौडेलको एरेन्ज रहेको यस गीतलाइ किङ रेकर्डिङ स्टुडियोमा रेकर्डिस्ट सुरेश राईले रेकर्ड गर्नुभएको र श्याम श्वेत रशाइलिले मिक्सिङ गरेका छन । ‘पिरती नाप्ने के ले हो?’ बोलको भिडियोलाई चर्चित निर्देशक निशान घिमिरेले निर्देशन गर्नु भएको छ भने यस गीतको नृत्य निर्देशन सुरेन्द्र बसेलले गरेका छन । ‘पिरिमको बाढी’ बोलको गित बाट ओएस नेपाल म्युजिक अवार्ड २०१९ मा लोक पप क्याटागोरिमा उत्कृष्ट गायकको उपाधी पाईसक्नु भएका गायक तथा ईन्जिनियर श्रेष्ठको यो रोमान्टिक डान्सिङ गितलाई दर्शक स्रोता ले माया गर्नेमा बिश्वस्त रहेको बताउछन ।

हङकङमा रहेका वसन्त थेबे को मुख्य लगानी मा निर्मित यो मिउजिक भिडियो यहि माघको दोश्रो साता सार्वजनिक गर्ने बताउछन ! पेशाले नेपालकै वरिष्ठ हाइड्रो ईन्जिनियर भएर पनि गायनमा पनि उत्तिकै अबल पृथक स्वरका धनी गायक तथा ईन्जिनियर श्रेष्ठका ‘आउन माया’, ‘पिरिमको बाढी’ ‘घर हाम्रो लेकैमा’ दर्जनौं गितहरु नेपाली साङ्गितिक क्षेत्रमा चर्चामा रहेका छ्न।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.