क्रेजी साप्ताहिक ‘इन्साअल्ला’ चलचित्र निर्माण नहुने भएपछि निर्देशक संजयलिला भन्सालीक उनको फ्यानहरुका लागि नयाँ चलचित्रको प्रतिक्षामा थिए यतिबेला नायिका आलिया भट्टलाई मुख्य भूमिकामा राखेर ‘गंगुबाई कठियावाडी’ निर्देशन गर्दैछन् उनै संजय ।सो चलचित्रको फस्टलुक सार्वजनिक गरिएको छ । फस्टलुकमा नायिका आलिया भट्टलाई चलचित्रको ‘माफिया क्विन’को रुपमा प्रस्तुत गरिएको छ ।
फरक कथामा चलचित्र निर्माण गर्न माहिर छन यो चलचित्रको कथा हुसेन जैदीको ‘माफिया क्विन अफ मुम्बइ’ नोबेलमा आधारित रहेको छ । फूूस्टलुक चलचित्र सँगै यसको प्रदर्शन मिति पनि तय भएको छ । सेप्टेम्बर ११ तारिखबाट यो चलचित्र रिलिज यसको निर्माणपक्षले बताएको छ । आलिया भट्ट बलिउडमा आफनो दमदार अभिनयका कारणले सधै चर्चामा छिन् । यो चलचित्र उनको करिअरका लागि अर्को कोशेढुंगा हुने अपेक्षा गरिएको छ ।
अनलाइन् खबरबाट जानकारी गरिएको छ ।