‘सेल्फी किङ्ग’को ‘जिन्दगीको के छ र भर’ रिलिज - Crazysaptahik.com

‘सेल्फी किङ्ग’को ‘जिन्दगीको के छ र भर’ रिलिज

 

क्रेजी साप्ताहिक । चलचित्र ‘सेल्फी किङ्ग’मा समावेश ‘जिन्दगीको के छ र भर’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । चलचित्र ‘प्रसाद’को ‘सारङ्गी रोयो कहाँ रोयो’ बोलको गीतको याद दिलाउँछ यो गीतले । सुभाष भुषालको संगीत मा सुरजको शब्द र केतन क्षेत्रीको स्वर रहेको छ । माघ २४ गतेबाट यो चलचित्र रिलिज हुने भएको छ । यो चलचित्रमा विशाल सापकोटाको लेखन तथा  निर्देशन छ । दिनेश राउत र सुभाष थापा निर्माता रहेको चलचित्रमा प्रवल कोइराला र राजेश विसुराल सह–निर्माता छन् ।

सम्बन्धित खवर