डिभोर्सपछि दीया भन्छिन्–‘३४ बर्ष अगाडि नै यस्तो घटना भोगेकी छु’ - Crazysaptahik.com

डिभोर्सपछि दीया भन्छिन्–‘३४ बर्ष अगाडि नै यस्तो घटना भोगेकी छु’


क्रेजी साप्ताहिक । नायिका दीया मिर्जाले आफ्ना श्रीमान् साहिला संघासँग अलग हुने निर्णय गरिन् । उनले आफनो ११ बर्ष लामो बैबाहिक जीवनलाई विश्राम लगाएकी थिइन् । दीयाले डिभोर्सपछि मिडियासँग कुराकानी गर्दै भनेकी छिन्–‘मैले मेरो बुबा–आमाको डिभोर्स भएको समय पनि बिताएकी छु ।

सो ३४ बर्ष अगाडि मेरो बुबा–आमा अलग हुनुभएको थियो । जतिबेला मेरो उमेर ४ बर्षको मात्र थियो ।’ दीयाले अगाडि भनिन्–‘४ बर्षको उमेरमै बुबा–आमाको डिभोर्सको घटना समेत भोगेर म यहाँसम्म आइपुगेकी छु । ३७ बर्षको उमेरमा भएको आफ्नो डिभोर्सको घटनाबाट पक्कै बाहिर निस्कन सक्नेछु ।

महिला र पुरुष डिभोर्सको निर्णय लिनबाट बच्न खोज्छन् । तर, यसका लागि तपाइसँग हिम्मत चाहिन्छ ।’ दीया र साहिलले डिभोर्सको निर्णय लिएपनि सधै साथीको जस्तो व्यवहार गर्ने बताएका छन् । उनीहरुको सन् २०१४ को अक्टोबर १८ तारिखमा बिबाह भएको थियो ।

सम्बन्धित खवर