हलमा सोलो ‘बाघी ३’, क्युएफएक्स चेनमा ५४ शो - Crazysaptahik.com

हलमा सोलो ‘बाघी ३’, क्युएफएक्स चेनमा ५४ शो

क्रेजी साप्ताहिक । शुक्रबारबाट नेपाली चलचित्र हलहरुमा ‘बाघी ३’ले सोलो रिलिजको मौका पाएको छ । ‘बाघी ३’सँग जुध्न कुनै नेपाली चलचित्रको सामर्थ्य रहेन । मिति तय भइसकेको चलचित्र पनि पछि सर्‍यो । सफल चलचित्र बाघीको तेस्रो सिरिज ‘बाघी ३’लाई नेपाली दर्शकले पनि प्रतिक्षा गरिरहेका थिए । चलचित्रको ट्रेलरले पनि युट्युब ट्रेण्डिङको शिर्ष स्थान ओगटेको थियो । त्यसैले पनि यस चलचित्रसँग कुनै नेपाली चलचित्रले पंगा लिने आट गरेनन् ।सोलो रिलिज पाएपछि क्युएफएक्स चेनमा ‘बाघी ३’ले अत्याधिक शो पाएको छ ।

यस चलचित्रलाई काठमाडौं भ्याली र मोफसलमा गरेर क्युएफएक्सले ५४ शो दिएको छ । जुन सर्वा्धिक शो हो । ‘बाघी ३’ले अन्य मल्टिप्लेक्स हलमा पनि राम्रो शो पाएको छ । ‘बाघी ३’ले बिहानी शोमा दर्शकको सन्तोषजनक साथ पाएको छ । दिउसो र बेलुकीका शोहरुको बुकिङ उच्च छ । कोरोनाको त्रास बढिरहेको समयमा पनि यस चलचित्रले दर्शकको राम्रो साथ पाउने देखिन्छ । अम्हेद खानको निर्देशनमा बनेको यस चलचित्रमा टाइगर श्राफ, श्रद्धा कपुर, रितेश देशमुखको मुख्य भूमिका रहेको छ । एक्सन थ्रिलर जनरामा निरमाण भएको चलचित्रमा सजिद नाडिअडवालाको लगानी छ ।

सम्बन्धित खवर