‘अनपज्डः नयाँ सफर’ :लकडाउनबीच प्रेम र उत्साहको मनछुने कथा
पछिल्लो दुई वर्षयता अविछिन्न कोरोना सन्त्रास व्याप्त छ । कोरोना महाव्याधि र लकडाउनले जनजीविका तहसनहस बनाइदिएको छ । लकडाउनका क्रममा एकथरी घरबाहिर फ्रन्टलाइनमा काम गर्नुपर्ने बाध्यतामा थिए । अर्कोथरी घरभित्र चौघेराभित्र थुनिएर बस्नुपर्ने अवस्थामा थिए । यस क्षणमा उनीहरु कस्तो मनोदशाबाट गुज्रिए ? प्रस्तुत फिल्मले यसैको सेरोफेरोमा फन्को लगाउँछ ।


