फ्राइडे रिलिज : हलमा ‘मैले आइ लभ यु भन्नै सकिनँ’

आज शुक्रबारबाट प्रेमकथामा बनेको फिल्म ‘मैले आइ लभ यु भन्नै सकिनँ’ प्रदर्शनमा आएको छ । फ्राईडे रिलिजको परम्परा धान्दै यो फिल्म प्रदर्शनमा आएको हो । यद्यपि देशभरका फिल्म हल भने यसले पाएको छैन । किनभने अघिल्ला साताहरुमा प्रदर्शन आएको आरआरआर लगायत केही विदेशी फिल्मले अझै धेरै फिल्म हल ओगटेका छन्

‘ए मेरो हजुर ४’बाट हटाइयो दुर्गेश थापाको दृश्य

पल शाह प्रकरणलाई लिएर मोडल दुर्गेश थापा समेत चर्चामा छन् । यो प्रकरणमा उनले हालै तनहुँ जिल्ला अदालतमा बयान समेत दिएका थिए । उक्त मुद्दा अहिले अदालतमा समेत विचाराधीन छ । यो प्रकरणको असरका केही बाछिटा देखिन थालेको छ । वैशाख १ गते रिलिज हुने तयारीमा रहेको फिल्म ‘ए मेरो

‘षट्कोण’को टिजर : खोज पत्रकारको भूमिकामा कर्मा

कर्मा र भोलाराज सापकोटा अभिनित फिल्म ‘षट्कोण’को टिजर सार्वजनिक भएको छ । मनोवैज्ञानिक थ्रिलर जनरामा बनेको फिल्मले दर्शकमा कौतूहलता सिर्जना गर्छ । लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया र शिशिर लिम्बु टिजरमा देखिएका छन् ।मिलन डी काप्रीको निर्देशन रहेको ‘षट्कोण’ वैशाख २३ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्ममा कर्मा पत्रकारको चरित्रमा

नीताको ‘ह्रस्वदीर्घ’मा सलोन अनुबन्धित

अभिनेत्री नीता ढुंगानाले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्वदीर्घ’मा सलोन बस्नेत अनुबन्धित भएका छन् । सलोन र निर्माण कम्पनीबीच मंगलबार सम्झौता भएको छ । चन्द्र पन्तले निर्देशन गर्ने फिल्मको प्रमुख भूमिकामा सलोन फिचर्ड हुने जनाइएको छ । ‘फिल्ममा सलोनको प्रमुख भूमिका नै हुनेछ । अहिलेसम्मकै नयाँ रोलमा उहाँ देखिनुहुनेछ,’ नीताले अनलाइनखबरसँग

वेब सिरिज ‘बस्तीपुर’को ट्रेलर रिलिज

वेब सिरिज ‘बस्तीपुर’को ट्रेलर सार्वजनिक गरिएको छ । ऐवन क्रियसन प्रालिले निर्माण गरेको यो वेब सिरिजको ट्रेलर मंगलबार युट्युबमा सार्वजनिक गरिएको हो । सामाजिक विषयवस्तु समेटिएको यो वेब सिरिजको निर्माण तथा निर्देशन अमृतमान वलीले गरेका हुन् । वेब सिरिजमा कथा तथा पटकथा झग्गु भण्डारीको रहेको छ भने छायांकन विशाल रोका

‘ए मेरो हजुर ४’को ‘तिमी र म’ गीतमा रोमान्टिक अनमोल र सुहाना

वैशाख १ गते रिलिजको तयारीमा रहेको फिल्म ‘ए मेरो हजुर ४’को नयाँ गीत ‘तिमी र म’ सार्वजनिक भएको छ । फिल्मको यो तेस्रो गीतमा प्रतीक पौडेलको शब्द तथा संगीत र उदयराज पौडेलको स्वर छ । ब्याक–भोकलमा प्राश्ना शाक्यले साथ दिएकी छन् । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतलाई गायक पौडेल स्वयंले

‘सेभेन भिलेन’ बनाउँदै राजेन्द्र

नेपाली फिल्मका चर्चित द्वन्द्व निर्देशक तथा कलाकार राजेन्द्र खड्गी लामो समयपछि फिल्म निर्माणमा फर्किने भएका छन् । उनी ‘सेभेन भिलेन’ नामक फिल्मबाट पुनः निर्माणमा देखिन लागेका हुन् । फिल्मको निर्देशन शोभित बस्नेतले गर्ने भएका छन्। बैशाख अन्तिमबाट छायाङ्कन सुरु हुने बताइएको फिल्म ७ भिलेन चरित्रको बिषयमा निर्माण हुन लागेको हो

‘हेल्लो जिन्दगी’ को प्रचारमा सन्दीप र रविन्द्र

शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म हो ‘हेल्लो जिन्दगी’ । निर्माण युनिटले फिल्मको प्रचारप्रसारका लागि फिल्म बाहिरका कलाकार सन्दीप क्षेत्री, रविन्द्र झा, शोभित बस्नेत लगायतका कलाकारको राम्रो साथ पाएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा सन्दीप, रविन्द्र र शोभितले फिल्म ‘हेल्लो जिन्दगी’ राम्रो बनेको बताए । उनीहरुले सबैलाई फिल्म हेरिदिन समेत आग्रह

कर्मा अभिनित ‘षट्कोण’ वैशाख २३ मा रिलिज हुने

कर्मा र भोलाराज सापकोटाको मुख्य भूमिका रहेको फिल्म ‘षट्कोण’को प्रदर्शन मिति घोषणा भएको छ । निर्माण कम्पनी क्लेमेन्टाइन प्रोडक्सनले मंगलबार पोस्टर सार्वजनिक गर्दै आगामी वैशाख २३ गतेलाई फिल्मको रिलिज मिति घोषणा गरेको हो । मिलन डी काप्रीको निर्देशन र विराज कडरियाको निर्माण रहेको फिल्ममा लोकेन्द्र लेखक, सुयशा अधिकारी र शिशिर

फिल्म खेल्दै कमेडी च्याम्पियन विजेता हिमेश

कमेडी च्याम्पियन पहिलो सिजनका विजेता हिमेश पन्त फिल्म अभिनयमा देखिने भएका छन् । उनी ‘वरवधु’ फिल्म मार्फत अभिनयमा डेब्यु गर्न लागेका हुन् । ‘वरवधु’ मिलन चाम्सले निर्देशन गर्न लागेको फिल्म हो । हिमेशसँग फिल्म अभिनयको बिषयमा निर्देशक चाम्सले हालै सम्झौता भएको सामाजिक संजाल मार्फत जानकारी दिएका छन् । हिमेश फिल्ममा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.