‘झिंगेदाउ’ले साढे दुई करोड कमाउँदा ‘प्रकाश’ डेढ करोडमा समेटियो
ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिंगेदाउ’ शुक्रबारदेखि तेस्रो सातामा प्रवेश गरेको छ । नयाँ फिल्म रिलिज नहुँदाको बक्स अफिस फाइदा यो फिल्मले उठाउने पक्कापक्की छ । चलचित्र विकास बोर्डको बक्स अफिस विवरणअनुसार बिहीबार बेलुकासम्म केकी अधिकारी र मुकुन भुसाल अभिनित फिल्मले २ करोड ५५ लाख २६ हजार रुपैयाँ ग्रस कमाएको छ


