संगीतकार शुभबहादुर सुनामको निधन, जसले सेक्सोफोनलाई स्थापित गराए
सेक्सोफोन बाजालाई नेपाली संगीतको वाद्यवाधनमा स्थापित गर्ने चर्चित संगीतकर्मी शुभबहादुर सुनामको सोमबार बिहान ७४ वर्षको उमेरमा निधन भएको छ । नाति एलिश कार्कीका अनुसार छाउनीस्थित सैनिक अस्पतालमा बिहान ५ बजे सुनामको निधन भएको हो । लामो समयदेखि किड्नीको रोगबाट पीडित सुनामलाई राति असहज भएपछि अस्पताल लगिएको थियो । ‘किड्नीको समस्या


