‘गंगुबाई काठियावाडी’लाई नेटफ्लिक्समा रुचाइयो, २५ देशमा टप फिल्मको शीर्षस्थानमा
बलिउड फिल्म ‘गंगुबाई काठियावाडी’ नेटफ्लिक्समा रिलिज भइसकेको छ । सञ्जय लीला भन्साली निर्देशित तथा आलिया भट्टको केन्द्रीय भूमिका रहेको फिल्म अप्रिल २६ देखि नेटफ्लिक्समा स्ट्रिमिङ भइरहेको छ । एक हप्ताको अवधिमा ‘गंगुबाई काठियावाडी’ नेटफ्लिक्समा विश्वका धेरै देशमा सबैभन्दा बढी हेरिने गैर–अंग्रेजी फिल्म बनेको छ । फिल्मलाई एक हप्ताको अवधिमा १३.८१


