१२ करोड पारिश्रमिकबारे करिना भन्छिन्–‘यो महिलाहरुको सम्मानको कुरा हो ’
नायिका करिना कपुरले अलौकिक देसाइको नयाँ चलचित्र ‘सीता’को लागि १२ करोड पारिश्रमिक माग गरेपछि यसले बजार गर्मायो । करिनाले १२ करोड पारिश्रमिक माग गरेपछि निर्माणपक्षले अन्य नायिकाहरुसँग पनि छलफललाई अगाडि बढाएको छ । यो चलचित्र ‘रामायण’को कथामा केन्द्रित रहेर निर्माण हुँदैछ, जसमा करिनालाई सीताको भूमिकाका लागि अफर गरिएको थियो ।


