सरोज खनाललाई ‘उत्कृष्ट निर्देशक’को अवार्ड
काठमाडौंमा सम्पन्न भएको ‘नेपाल सर्ट फिल्म अवार्ड २०७७’मा नायक सरोज खनालले उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् । यस्तै, प्रतियोगितामा ‘उत्कृष्र्ट सर्ट फिल्म’को अवार्ड भने तेजेन्द्र प्रसाद कँडेलको ‘देशमाथि’ले जितेको छ । स्टार वान इन्टरटेन्मेन्ट र विलक्षण क्रियनसले आयोजना गरेको ‘नेपाल सर्ट फिल्म प्रतियोगिता’मा १९ वटा सर्ट फिल्म सहभागी थिए ।


