बीजेपीमा प्रवेश गरे मिथुन
बलिउड नायक मिथुन चक्रवर्ती औपचारिक रुपमा भारतीय जनता पार्टीमा प्रवेश गरेका छन् । कोलकत्तामा आइतबार आयोजना भएको र्यालीमा सहभागी हुँदै मिथुनले आफू औपचारिक रुपमा भारतीय जनता पार्टीमा प्रवेश गरेको उद्घोष गरेका हुन् । उनी, यसअघि राज्य सभाको सदस्य समेत भैसकेका छन् । उनलाई बीजेपीका नेताहरुले पार्टीमा स्वागत गरेका थिए ।


