बंगलादेशको उच्च अदालतद्वारा बलिउड फिल्म ‘फराज’को प्रदर्शनमा रोक

बंगलादेशको उच्च अदालतले भारतीय फिल्म निर्माता हंसल मेहता निर्देशित फिल्म ‘फराज’को प्रदर्शनमा रोक लगाएको छ । रिट निवेदनको सुनुवाइपछि न्यायाधीश एमडी खसरुज्जमान र इकबाल कबीरको संयुक्त इजलासले बंगलादेशका हल र डिजिटल प्लेटफर्ममा उक्त फिल्मको प्रदर्शनमा प्रतिबन्ध लगाउन आदेश दिएको हो । जुही बब्बर, आमिर अली, जहाँ कपुर र आदित्य रावल

‘फूलबारी’ले हलमा फर्कायो दर्शक, मल्टिप्लेक्सले शो बढाए

विपिन कार्कीको शीर्ष भूमिका रहेको फिल्म ‘फूलबारी’लाई तीन दिन लामो सप्ताहन्त बिदाको फाइदा पुगेको छ । घरेलु बक्स अफिसमा ‘कबड्डी’ फेम्ड रामबाबु गुरुङ निर्देशित यो फेमिली ड्रामाले सोमबारसम्म एक करोडभन्दा बढी ग्रस कलेक्सन गरिसकेको छ । मंगलबार ग्याल्पो ल्होसारको सार्वजनिक बिदाले फिल्मको कमाइमा थप उछाल आउने प्रक्षेपण छ । मंगलबार

सेल्फी खिच्न नपाएको झोंकमा सोनु निगममाथि मुम्बईको कन्सर्टमा आक्रमण

भारतीय गायक सोनु निगममाथि मुम्बईको एक सांगीतिक कार्यक्रममा आक्रमण भएको छ । गएराति मुम्बईको चेम्बुरमा आयोजित कन्सर्टमा सोनु र उनको टोलीमाथि आक्रमण भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ, जसमा सोनुको टोलीका एक व्यक्तिलाई स्टेजबाट तल धकेलिएको देख्न सकिन्छ । सोनुले प्रस्तुति दिइरहेको बेला

पोखरामा मिस नेपालको दुई इभेन्ट हुने

मिस नेपाल २०२३ को दुई इभेन्ट पहिलो पटक काठमाडौं बाहिर गर्ने भएको छ । काठमाडौं केन्द्रित मिस नेपालले यस पटक पोखरामा २ वटा इभेन्ट गर्न लागेको आयोजकले सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । आयोजक हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकरले हालसम्मका संस्करणहरु सबै काठमाडौंमा गरिएको भए पनि अब

भक्तपुरमा हृदयचन्द्र नाटक मेला सुरु

भक्तपुरको लिवालिस्थित आस्था थिएटरमा सोमबारदेखि हृदयचन्द्र नाटक मेला सुरु भएको छ । नाट्यकर्मी समाज नेपाल र आस्था सांस्कृतिक परिवारले संयुक्तरूपमा आयोजना गरेको नाटक मेलाको बागमती प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईंले उद्घाटन गरे । यही फागुन १२ गतेसम्म पाँच दिन दैनिक दुई नाटकका दरले प्रदर्शन हुने नाटक मेलामा आज पहिलो दिन आयोजक

सुवास रेग्मीलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मीलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । सोमबार बिहान साइबर अपराधको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका रेग्मीलाई अदालतले थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता एसपी पशुपतिकुमार रायले जानकारी दिए । थाइल्याण्डबाट फर्कंदै

छायांकन सुरु नहुँदै दीपक श्रेष्ठको फिल्म ‘हरियो ढुंगा’बाट बाहिरिए दयाहाङ

छायांकन सुरु नहुँदै अभिनेता दयाहाङ राई निर्देशक दीपक श्रेष्ठको आगामी फिल्म ‘हरियो ढुंगा’बाट बाहिरिएका छन् । उनलाई शीर्ष भूमिकामा अनुबन्धित गर्दै निर्माताले फिल्मको पुस २७ गते घोषणा गरेका थिए । छायांकन तालिका नमिलेपछि दयाहाङ बाहिरिएको निर्माण नियन्त्रक सुरज आचार्यले जानकारी दिए । फिल्मको नाम ‘हरियो ढुंगा’ राखिएपनि चलचित्र विकास बोर्डमा

नेपाली फिल्म छायांकन गर्दा लाग्ने खर्चमा प्रोत्साहन दिन यूएईलाई बोर्डको आग्रह

चलचित्र विकास बोर्डले मध्यपूर्वी मुलुक संयुक्त अरब इमिरेट्स (यूएई)मा छायांकन हुने नेपाली फिल्मलाई प्रोत्साहन शुल्क (इन्सेन्टिभ) प्रदान गर्न आग्रह गरेको छ । बोर्डले सोमबार विज्ञप्ति जारी गर्दै फिल्म छायांकनका लागि नेपाल आउन त्यहाँका निर्मातालाई समेत आग्रह गरेको जनाएको छ । दुबईमा यसै साता सम्पन्न चारदिने नेपाली सिनेमा फेस्टबाट अन्तर्राष्ट्रियकरणको ढोका

‘प्रसाद २’ वैशाख १ मा नेपाल र अष्ट्रेलियामा एकैसाथ रिलिज हुने

विपिन कार्की र केकी अधिकारीको शीर्ष भूमिका रहेको फिल्म ‘प्रसाद २’ आगामी वैशाख १ गते नेपालसहित अष्ट्रेलियामा रिलिज हुने भएको छ । फिल्मको अष्ट्रेलिया प्रदर्शन अधिकार गोर्खे इन्टरटेनमेन्ट र नमस्ते इन्टरटेनमेन्टले खरिद गरेका छन् । प्रदर्शन अधिकारसम्बन्धी सम्झौतामा निर्माता सुवास थापा र वितरक रञ्जितराज वन्तबीच सम्झौता भएको छ । फिल्मलाई

‘टाइटानिक’लाई उछिन्दै ‘अवतार २’ बन्यो विश्वमा धेरै कमाउने तेस्रो फिल्म

जेम्स क्यामरुन निर्देशित हलिउडको ब्लकबस्टर फिल्म ‘टाइटानिक’ तेस्रो धेरै कमाउने फिल्मको सूचीबाट पछि हटेको छ । यो फिल्मलाई क्यामरुनकै अर्को फिल्म ‘अवतार ः द वे अफ वाटर’ले उछिनेको हलिउड म्यागजिन भेराइटीले जनाएको छ । पुस १ गते विश्वभर रिलिज भएको ‘अवतार २’को कुल कमाइ अहिलेसम्म २.२४३३ बिलियन डलर छ ।
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.