हलिउड अभिनेता एलेक बाल्डविनमाथि चल्नेछ अनैच्छिक हत्याको मुद्दा

हलिउड अभिनेता एलेक बाल्डविनमाथि अनैच्छिक हत्याको मुद्दा चलाइने भएको छ । एलेक बाल्डविनले एक फिल्मको सुटिङका बेला सिनेम्याटोग्राफर हेलिना हचिन्समाथि प्रप गन (फिल्म वा टेलिभिजनको सुटिङमा प्रयोग हुने बन्दुक) बाट गोली चलाएका थिए जसका कारण उनको मृत्यु भएको थियो । अक्टोबर २०२१ को घटनाका कारण बाल्डविनमाथि यो मुद्दा चलाइँदैछ ।

सेलेना गोमेज र चेनस्मोकर्स ब्याण्डका गायक ड्रिउ प्रेममा

गायिका सेलेना गोमेजको जीवनमा कोही आएजस्तो देखिन्छ । विश्वचर्चित ब्याण्ड चेनस्मोकर्सका गायक ड्रिउ ट्यागगार्टसँग सेलेनाले डेटिङ गरिरहेको हलिउड मिडियाले जनाएका छन् । फिल्म हलदेखि बलिङ खेल्ने ठाउँसम्म एकसाथ घुमघाम गरेको बेला देखिएका यी दुईले रिलेसनसिपलाई क्याजुअल र सामान्य राखिरहेको जनाइएको छ । गायक ड्रिउले यसअघि एप्पल कम्पनीका सहसंस्थापक स्वर्गीय स्टिभ

‘केजीएफ २’ कै हाराहारीमा ‘पठान’को नेपाल राइट बिक्री

चार वर्षपछि रिलिज तयारीमा रहेको शाहरुख खान स्टारर बलिउड फिल्म ‘पठान’को नेपाल अधिकार महंगो मूल्यमा बिक्री भएको छ । निर्माण कम्पनी यशराज फिल्म्सले नेपाली वितरक ए–एट र ब्यांकटेस इन्टरटेनमेन्टलाई ‘केजीएफ २’कै हाराहारीमा राइट बेचेको हो । गत वैशाख १ गते रिलिज भएको दक्षिण भारतीय फिल्म ‘केजीएफ २’लाई यी दुई वितरकले

माइकल ज्याक्सनमाथि बायोपिक फिल्म ‘द माइकल’ बन्ने

चर्चित गायक माइकल ज्याक्सनको जीवनमाथि फिल्म ‘द माइकल’ निर्माण हुने भएको छ । हलिउड स्टुडियो लायन्सगेट र निर्देशक एन्टोइन फुक्वाले उनीमाथि फिल्म निर्माण गर्न लागेको हलिउड रिपोर्टर म्यागजिनले जनाएको छ । ओस्कार अवार्ड विजयी फिल्म ‘बोहिम्यान यापसोडी’का निर्माता ग्राहम किङले यो बायोपिक फिल्म निर्माणमा जोन ब्रान्का र जोन म्याकक्लेनसँग मिलेर

बलिउड अभिनेता दर्शन जारिवाला बिदा मनाउन पोखरामा

पर्यटन बोर्डको निम्तोमा विदेशी कलाकार नेपाल घुम्न आउने क्रम बढेको छ । चर्चित दक्षिण कोरियाली अभिनेता किम ब्युङ–म्यान नेपाल घुम्न आएको बेला चर्चित बलिउड अभिनेता दर्शन जारिवाला पनि आइपुगेका छन् । यी दुवै जना कलाकार पर्यटकीय नगरी पोखरा पुगेका छन् । गान्धी माइ फादर, अजब प्रेमकी गजब कहानी, राउडी राठोर,

प्रभासको ‘आदिपुरुष’ १६ जुनमा रिलिज हुने

अभिनेता प्रभास स्टारर बहुप्रतिक्षित फिल्म ‘आदिपुरुष’ १६ जुनमा रिलिज हुने भएको छ । निर्देशक ओम राउतले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत फिल्मको रिलिज मिति सार्वजनिक गरेका हुन् । निर्देशक राउतले प्रदर्शन मिति सार्वजनिक गरेको नयाँ पोष्टरमा फिल्म रिलिजका लागि १५० दिन मात्र बाँकी रहेको समेत उल्लेख गरिएको छ । प्रभासको अलवा कृति

शाहरुखको भाग्यशाली लामो कपाल

बलिउडका मेगा सुपरस्टार शाहरुख खान हालका दिनमा फिल्म ‘पठान’का कारण चर्चामा छन् । यो फिल्ममा शाहरुखको लामो कपाल र सोलिड फिजिकको लुक्स लिएर दर्शकमाझ आउँदैछन् । अहिले शाहरुखको लामो हेयर स्टाइलको चर्चा बढी छ । तर कमैलाई थाहा होला कि शाहरुखको लामो हेयरस्टाइल उनका लागि भाग्यशाली सावित हुँदै आएको छ

चीनले हटायो हलिउड स्टुडियो मार्भलका फिल्ममाथिको प्रतिबन्ध

विश्वकै ठूलो फिल्म बजार चीनले हलिउड स्टुडियो मार्भलका फिल्ममाथि लगाएको प्रतिबन्धलाई हटाएको छ । यस वर्षका दुई ठूला मार्भल सुपरहिरो फिल्महरु ‘ब्ल्याक प्यान्थर : वाकाण्डा फरेभर’ र ‘एन्ट म्यान एण्ड द वास्प : क्वान्टुमेनिया’को प्रदर्शन मिति घोषणा गर्दै चीनले प्रतिबन्ध हटाएको जनाएको छ । बाँकी विश्वमा गत वर्षकै नोेभम्बरमा रिलिज

रणवीर कपुरसँग विज्ञापन खेलेपछि नेपाली अभिनेत्री मुना गौचन लेख्छिन्– जादू र जादूगर

नेपाली अभिनेत्री तथा मोडल मुना गौचन यतिबेला बलिउड सहर मुम्बईमा विभिन्न प्रोजेक्टमा व्यस्त छिन् । अराज केशवको फिल्म ‘जालो’बाट अभिनयमा डेब्यु गरेकी मुनाले त्यहाँ आफ्नो भाग्य अज्माउँदैछिन् । केही साताअघि बलिउड अभिनेता रणवीर सिंहसँगको तस्वीरबाट उनको मुम्बई व्यस्तताको अनुमान गरिएको थियो । मुनाले यसै साता बलिउड अभिनेता रणवीर कपुरसँग एक

जुनियर एनटीआरले हलिउडको मार्भल सुपरहिरो फिल्ममा काम गर्ने चर्चा

दक्षिण भारतीय अभिनेता जुनियर एनटीआरले हलिउड स्टुडियो मार्भलको फिल्म गर्ने चर्चा छ । गोल्डेन ग्लोब्स समारोहपछि उनको बैठक स्टुडियोकी कार्यकारी प्रमुख भिक्टोरिया एलेन्सोसँग भएको पुष्टि भेराइटी म्यागजिनले गरेको छ । यो भेटपछि एनटीआर मार्भल सिनेम्याटिक युनिभर्स (एमसीयू)मा जोडिने चर्चा चुलिएको हो । भेराइटीसँगको एक अन्तर्वार्तामा पनि एनटीआरले आफूलाई एमसीयू फिल्ममा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.