बालिकाको मृत्युपछि स्थानीयले ट्रिपर जलाए - Crazysaptahik.com

बालिकाको मृत्युपछि स्थानीयले ट्रिपर जलाए

तस्बिर साभार: पूर्वेली न्यूज

मोरङको बिराटचौकबाट बिराटनगरतर्फ जाँदै गरेको ट्रिपरको ठक्करबाट ११ बर्षीया बालिकाको
मृत्यु भएपछि आक्रोशित स्थानीयले ट्रिपर जलाएका छन् । सोमबार सुन्दरहरैचा नगरपालिका ११ सिसौघारीमा ना ३३ ख ३३५५ नम्बरको ट्रिपरको ठक्करबाट स्थानीय ११ बर्षिया बालिका लक्ष्मी ढकाललाई ठक्कर दिँदा बालिकाको घटनास्थलमै मृत्यु भएको छ भने ठक्कर दिई भागेको ट्रिपर आफै अनियन्त्रित भई रुखमा ठोक्किएपछि स्थानीयले सोही स्थानमा गएर आगो लगाएका छन ।

चालक फरार रहेको र ट्रिपर पुर्णरुपमा जलेको ईलाका प्रहरी कार्यलय बेलबारीका सई महेन्द्र पराजुलीले जानकारी दिएका छन् । उक्त ठाउँमा स्थानीयले घेरा हाली ट्रिपर जलाएपछि प्रहरी पुग्दा समेत आगलागी र भिड नियन्त्रण गर्न हम्मे परेको थियो ।

सम्बन्धित खवर