मेयर कप भलिबल प्रतियोगिता माग १५ देखि - Crazysaptahik.com

मेयर कप भलिबल प्रतियोगिता माग १५ देखि

संखुवासभाको खाँदबारीमा मेयर कप भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । खाँदबारी नगरपालिकाको प्रथम मेयर स्वर्गिय किरण शाक्यको सम्झनामा खाँदबारी मेयर कप रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता गर्न लागिएको हो ।खाँदबारी नगरपालिकाले आफ्नो स्थापना दिवसको अवसर पारेर भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको हो । प्रतियोगितामा संखुवासभाका १० स्थानीय तहको टिमले सहभागीता जनाउने छन् भने छिमेकी जिल्ला भोजपुरको साल्पा सिलिछो र षडानन्द नगरपालिकाले पनि सहभागिता जनाउने आयोजकले जनाएको छ । त्यस्तै, संखुवासभाका सिलिचोङ गाउँपालिका र पाँचखपन नगरपालिकाका महिला टिमहरु विच पनि मैत्रीपुर्ण खेल प्रदर्शन गरिने नगर प्रमुख मुरारी खतिवडाले बताए ।

प्रतियोगिताको विजेताले तीन वर्षे रनिङ शिल्ड, पदक र प्रमाणपत्र सहित नगद एक लाख ३४ हजार रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले ट्रफी, पदक र प्रमाण पत्र सहित ६७ हजार नगद प्राप्त गर्नेछ । सेमि फाईनल प्रवेश गर्ने दुवै टिमले जनही ३३ हजार ५ सय रुपैयाँ नगद सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै, पाँच विधाका उत्कृष्ठ खेलाडीहरुले पनि ट्रफी, पदक र प्रमाणपत्र सहित जनही पाँच हजार रुपैयाँ प्राप्त गर्नेछ । लाडीहरुलाई थप प्रोत्साहन रकम पनि प्रदान गरिने आयोजकले जनाएको छ । खेलको व्यवस्थापन खाँदबारी नगर खेलकुद विकास समितिले गर्ने भएको छ भने प्राविधिक सहयोग जिल्ला भलिबल संघले गर्ने बताईएको छ । खेल खाँदबारीको हटिया लाग्ने टुँडीखेलमा सञ्चालन हुनेछ ।

सम्बन्धित खवर