वडा नं. ३ द्वारा क्रिकेट क्लबलाई खेल सामग्री हस्तान्तरण - Crazysaptahik.com

वडा नं. ३ द्वारा क्रिकेट क्लबलाई खेल सामग्री हस्तान्तरण


क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ३ कार्यालयले क्रिकेट क्लबलाई खेल सामग्री प्रदान गरेको छ ।
स्थानीय युवाहरुलाई खेलकूद मार्फत् अनुशासित, स्वस्थ्य र सक्षम नागरिक बनाउने हेतुका साथ वडाले आर्थिक वर्ष २०८२÷८३ को स्वीकृत कार्यक्रम अन्तर्गत आइतबारे क्रिकेट क्लबलाई खेल सामाग्री हस्तान्तरण गरेको छ ।
कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष विजय लिम्बुले क्लबका सचिव सौगात कोइरालालाई सामग्री हस्तान्तरण गर्दै खेलकुद क्षेत्रको विकास वडा कार्यालयको प्राथमिकतामा रहेको जनाउनुभयो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.