रेडस्टार हिसान खेलकुद सप्ताहको च्याम्पियन - Crazysaptahik.com

रेडस्टार हिसान खेलकुद सप्ताहको च्याम्पियन

क्रेजी संवाददाता
पथरी । हिसान खेलकुद सप्ताह २०८२ अन्तर्गत छात्र तथा छात्रा दुवै फुटबल प्रतियोगिताको उपाधि रेडस्टार कलेजले आफ्नो पोल्टामा पारेको छ ।
शनिबार भएको छात्रा फुटबल प्रतियोगितामा पथरी शनिश्चरेको रेडस्टार माविले अर्किड कलेज विराटनगरलाई पराजित गर्दै उपाधि चुमेको हो । यसैगरी छात्र तर्फको फुटबल प्रतियोगिताको उपाधि पनि रेडस्टार माविले नै जितेको छ ।
विराटनगरको सहिद रंगशालामा भएको फाइनल खेलमा रेडस्टार माविको छात्रा टिमले अर्किड कलेज विरूद्ध ७–० अन्तरले हराएको थियो । यसैगरी फक्स लाईट बालेर खेलाईएको छात्र फुटबल प्रतियोगितामा बेलबारीको शिक्षा सन्देश माविलाई टाईब्रेकरमा ५–४ गोलको अन्तरमा पराजित गरेको हो ।
पहिलो हाफमा रेडस्टार फुटबल टिम र शिक्षा सन्देश कलेजबिच १–१ गोल बराबरी अवस्थामा रोमाञ्चक प्रतिस्पर्धा भइरहेको थियो । दोस्रो हाफको खेलमा दुवै टिमले निर्धारित समयमा गोल नभएपछि खेल टाईब्रेकरमा धकेलिएको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.