क्रेजी साप्ताहिक
इटहरी । इटहरीका पुराना पत्रकार याम प्रधानको निधन भएको छ । दुबै मृगौला फेल भएर लामो समयदेखि उपचार गदै आएका प्रधानको आफ्नै निवासमा आज विहान ३ बजे निधन भएको हो ।
नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष, नेपाल प्रेस युनियनको पूर्व उपाध्यक्ष समेत रहेका प्रधानका प्रेस स्वतन्त्र सेनानी पनि रहेका थिए ।
पत्रकारितामा सक्रिय प्रधानलाई पछिल्लो समय दुबै मृगौला फेल भएको कारण उनलाई नियमित मृगौला डाईलेसिस गराउँदै आइराखिएको थियो । उनको आज इटहरी स्थित बुढि जमुना मुक्ति घाटमा अन्तेष्टि गरीने परिवार श्रोतले जनाएको छ ।