क्रेजी साप्ताहिक पथरी । पथरीशनिश्चरे नगरले निमार्ण गरेको पक्की पुल सम्पन नगरेको भन्दै मोरङ्ग पथरीशनिश्चरे ५ का स्थानियले पुलको नजिकै बासको पुल निमार्ण गरि उद्धघाटन गरेका छन । नगरले अघिल्लो आथिक बर्षमा सम्पन्न गर्नु पर्ने पुल हाल सम्म पनि सम्पन्न हुन सकेको छैन । ४० लाखको योजना रहेको पुल ठेक्का मार्फत २५ लाख ९५ हजारमा जयभवानी निर्माण सेवालाई जिम्मा दिएको थियो । तर नगरका प्राविधिक र जनप्रतिनिधीको वेइमानीका कारण प्रत्यक्ष असर स्थानियवासीले पाउदै आएको गुनासो गरेका छन् ।
जयभवानी निर्माण सेवाले योजना अनुसार काम गरे पनि नगरले ठेक्का प्रकृयामा गएकाले पुल समयमै सम्पन्न हुन सकेको छैन । नगरले ४० लाखको योजना २५ लाख ९५ हजारमा लगाएर १४ लाख ५ हजार जोगाए पनि पुल भने १ वर्ष देखि अलपत्र अवस्थामा छोडेको छ । पुलको दुबैतर्फ १० फिट गहिरो भए पछि आवत जावतमा समस्या उत्पन्न भएको छ । उक्त विषयमा नगर प्रमुख दिलिपकुमार राई संग बुझ्दा योजना सम्पन्न गर्न ढिलाई भएको स्वकारे पनि उक्त बिषयमा केहि नबोल्ने बताए । मेयर नबोल्नु, अघिल्लो आर्थिक बर्षको काम अझै अपुरो हुनु र स्थानियले बासको पुल बनाएर उद्धघाटन गर्दै अनियमितताको आरोप लगाउनुले कतै नगरमा भष्ट्रचार मौलाउदै गएको त छैन ? भन्ने प्रश्न उठ्न थालेको छ ।
पुल त बन्यो तर पुल वार पार गर्न १० फिट अग्लो पर्खाल चड्नु पर्छ । नगरमा पटक पटक धाउदा बजेट नभएको तर केहि दिनमा काम गर्ने आश्वस्न नगरले दिए पनि पुल सम्पन्न नभए पछि नगरलाई चुनैति दिदै स्थानियले बासको पुल निमार्ण गरि उद्धघाटन गरेका हुन । समयमै पुल नबनेका कारण खोला वारि पारि गर्न र स्कुल जान आउन ६ किलोमिटर घुम्नु पर्ने बाध्यता रहेको स्कुले बालबालिका बताउँछन । पथरीशनिश्चरे ५ मैनखाडी—कोठेवारी—किर्तिपुर सडक खण्डको कोठेवारीमा निर्माण भएको पुलको सबै कार्य नगरेको भन्दै स्थानियवासी आक्रोशित बनेका हुन् । मंगलवार उनीहरुले पक्की पुलले सर्वसाधरणलाई सहज नभएको भन्दै बाँसको पुल निर्माण गरेर उदघाटन गरेका हुन् ।
नगरले काम सम्पन्न नगरेपछि विरोध स्वरुप यो कार्य गरिएको स्थानियबासीको भनाइ छ । नगरपालिकामा यो पुल वनाउन स्थानिय उपभोक्ता नै इच्छुक हुदा हुदै नगरले सेटिङ्गमा पुल ठेक्का लगाए र गुणस्तरहिन काम गरेको स्थानीय उमानाथ अधिकारी बताउँछन् । उनले भने,‘नगरमा पटक पटक यसबारे गुनासो गर्दा पनि समाधान को लागि पहल गरिएन ।’ उपभोक्ता समिति मार्फत काम गर्ने भने पनि पछि ठेकेदारलाई काम दिइएको अधिकारी बताउँछन् ।अलपत्र अवस्थामा रहेको पुल स्थानियको पहलमा निमार्ण गर्ने भन्दै पटक पटक नगरमा गए पनि पुलको दायाँ बायाँ माटो भर्ने काम नभए पछि पिडित स्थानियले कालो ब्यानरमा कर्मचारी र जनप्रतिनिधी सहितको नाम राखि ब्याङग्य गरेका छन । नगरका प्राबिधिक कुष्ण कोइरालाको कमजोरिका कारण पुल निर्माण गर्दा नै अनियमीता भएको, कम गुणस्तरीय सामाग्री र मापदण्ड विपरीत पुल बनाइएको स्थानीयको बुझाइ छ ।
मंगलवार स्थानियवासीले पुल यही अवस्थामा उदघाटन गर्न पथरीशनिश्चरेका प्रमुख, उपप्रमुख कार्यकारी अधिकृत, इन्जिनियर र वडा अध्यक्षलाई निमन्त्रणा गरे पनि कोही उपस्थिति भएनन् । माटो पुर्न स्थानियवासीलाई उपभोक्ता समिति बनेर आउन नगरले आग्रह गरेपछि दुई हप्ता अघि उनीहरु नगरसम्म पुगे तर नगरका प्राविधिकले स्टिमेट नबनेको भन्दै पटक पटक उनीहरुलाई फर्काएको अधिकारी वताउँछन् । सोहि पुलको दायाँ बायाँको भागमा माटो भर्न नगरलाई गुहार माग्दा स्थानियले गर्दा ७ लाख र नगरले गर्दा २४ लाखको स्टमेट आएको स्थानिय बताउछन । यता नगरपालिकाका इन्जीन्यिर कृष्ण कोईरालाले कामको चाप भएकाले अनुमानित इष्टमेट गरेको तर उक्त स्टमेट आधिकारीक नभएको बताए ।