कर्णली सरकारद्धारा सागमा स्वर्ण पदक विजेता दीपकसहित ६ खेलाडी पुरस्कृत - Crazysaptahik.com

कर्णली सरकारद्धारा सागमा स्वर्ण पदक विजेता दीपकसहित ६ खेलाडी पुरस्कृत


क्रेजी साप्ताहिक
सुर्खेत । गत महिना नेपालमा सम्पन्न भएको दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)मा उसु खेलमा स्वर्ण पदक जित्ने सुर्खेतका दीपक हमाललाई कर्णाली प्रदेश सरकारले पुरस्कृत गरेको छ ।
कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा बुधवार राजधानी सुर्खेतमा आयोजित ‘नेपाल भ्रमण वर्ष सन् २०२०’ को शुभारम्भ कार्यक्रममा शाहीसहित ६ जना पुरस्कृत भएका हुन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले स्वर्ण पदक विजेता हमाललाई ३ लाख नगदसहित प्रमाणपत्र प्रदान गरे ।

त्यस्तै, साग खेलमा म्याराथुनमा रजत पदक जित्ने सल्यानका पुष्पा भण्डारी, महिला भलिबलमा रजत पदक प्राप्त सुर्खेतका गीता राणा र ह्याण्डबलमा रजत पदक विजेता रुकुमपश्चिमका शारदा विकलाई जनही दुई दुई लाखसहित प्रमाणपत्र प्रदान गरिएको छ । सागमा पुरुष खो खो खेलमा कांस्य पदक जित्ने सुर्खेतका टेकबहादुर सार्की र बक्सिङमा कांस्य पदक विजेता दैलखका चन्द्रकला थापालाई समेत प्रदेश सरकारले जनही एकरएक लाखसहित प्रमाणपत्र प्रदान गरेको हो ।

सम्बन्धित खवर