क्रेजी साप्ताहिक इलाम । घाँस काटने क्रममा लडेर इलाम नगरपालिका १ लिङलिमा टोल बस्ने ३५ बर्षीय कृष्ण बहादुर राईको मृत्यु भएको छ । घर नजिकै खेतमा रहेको बाँसमा चढी घाँस काट्ने क्रममा एक्कासी लड्दा आज बिहान ०८ बजे राईको घटनास्थलमै मृत्यु भएको भनि आफन्तले ईलाका प्रहरी कार्यालय मंगलबारेमा जानकारी गराएका थिए ।
घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको उक्त कार्यालयले जनाएको छ ।