एसपी मल्ललाई १२ घण्टाभित्र चितवन छाड्न आदेश - Crazysaptahik.com

एसपी मल्ललाई १२ घण्टाभित्र चितवन छाड्न आदेश


क्रेजी साप्ताहिक । चितवनका प्रहरी प्रमुख (एसपी) दानबहादुर मल्ललाई १२ घण्टाभित्र रमाना हुन आदेश दिइएको छ । सरुवा भएको ठाउँमा नगएपछि एसपी मल्ललाई बुधबार साँझ प्रदेश प्रहरीे कार्यालय हेटौंडाले १२ घण्टाभित्र रमाना हुन निर्देशन दिएको हो ।

प्रहरी कार्यालय हेटौंडाले पठाएको पत्रमा भनिएको छ ‘हालसम्म पनि सरुवा भएको दरवन्दीमा रवाना गरेको जानकारी नआएकाले प्रनाउलाई कार्यालयको सम्पूर्ण चार्ज बुझाई १२ घण्टाभित्र तोकिएको रवाना गरी जानकारी दिन निर्देशानुसार अनुरोध।’ पुस ४ गते मल्लसहित २४ एसपीको सरुवा भएको थियो। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा मल्लको सरुवा भएको थियो । एसपी मल्ल यसअघि पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षा प्रमुख थिए । मल्लले राजनीतिक संरक्षणको आडमा माथिल्लो तहको निर्देशन यसअघि पनि पटकपटक उपेक्षा गर्दै आएका छन् ।

सम्बन्धित खवर