राष्ट्र बैंकको प्रवक्तामा भट्ट - Crazysaptahik.com

राष्ट्र बैंकको प्रवक्तामा भट्ट


क्रेजी साप्ताहिक
काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा.गुणाकर भट्ट नियुक्त भएका छन् । बैंकले प्रवक्तामा अनुसन्धान विभागका कार्यकारी निर्देशक समेत रहेका भट्टलाई नियुक्त गरेको हो । राष्ट बैंकले बुधबार सूचना जारी गर्दै पुस १६ गते देखि नै जिम्मेवारी रहने गरि भट्टलाई प्रवक्तामा नियुक्त गरिएको जानकारी दिएको छ ।

हालका प्रवक्ता लक्ष्मीप्रपन्न निरौला अनिवार्य अवकाशका लागि बिदामा बसेपछि रिक्त पदमा राष्ट्र बैंकले भट्टलाई नियुक्त गरेको हो । नव नियुक्त भट्टले अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।

सम्बन्धित खवर