कर्णाली नदीमा जिप खसेर चारजनाको मृत्यु अन्य चार घाइते - Crazysaptahik.com

कर्णाली नदीमा जिप खसेर चारजनाको मृत्यु अन्य चार घाइते


क्रेजी साप्ताहिक । हिमाली गाउँपालिका ७ बाधुको कालडाँडा भीरबाट कर्णाली नदीमा जिप खस्दा ४ जनाको मृत्यु भएको छ । से १ ज १०६४ नम्बरको जिप कर्णाली नदीमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख उद्धबसिंह भाटले जानकारी दिए । मृत्यु हुने ४ जनामध्ये गाडी चालक तथा गाडी मालिक जगन्नाथ गाँउपालिका गोत्री घर भएका रमेश शाहीको पहिचान भएको प्रहरीले जनाएको छ ।

एकजना अहिले पनि वेपत्ता छन् भने चारजना भने घाइते अवस्थामा फेला परेको उनले बताए । जिप हिमाली गाँउपालिकाको धुलाचौर बाट कोल्टीतर्फ आउँदैगरेको बुझिएको छ । प्रहरीका अनुसार ९ जना जति यात्रु रहेको खुल्न आएको छ । घाइतेलाई उद्धार गरी उपचारका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउँदै गरेको प्रहरीले जनाएको छ । सडकबाट ५ सय मिटर तल ठूलो भीरबाट नदीमा खसेको जानकारी आएको छ । जिल्ला प्रहरी कार्यलय बाजुरा प्रहरी प्रमुख उद्धबसिंह भाटले भने खबर पाउने बित्तिकै प्रहरी टोली पठाएको बताएका छन् । घटना भएको आधा घण्टाको दूरीमा पिलिचौर इलाका प्रहरी कार्यलय छ ।

सम्बन्धित खवर