अभिभावक शिक्षा कार्याशाला - Crazysaptahik.com

अभिभावक शिक्षा कार्याशाला


क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरेमा अभिभावक शिक्षा सम्वन्धी ३ दिने कार्यशाला आजबाट सुरु भएको छ । पथरी शनिश्चरे नगरपालिकाको संयोजन तथा कारिता नेपाल र कारितास कोरियाको सहयोगमा सञ्चालित कार्यशालाको एक कार्यक्रमकाबीच पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले उद्घाटन् गर्नुभयो ।

सामुदायिक विद्यालयहरुका विद्यालय व्यवस्थापन समिति अध्यक्ष, एकजना महिला सदस्य र प्रधानाध्यापकका लागि सुनाखरी माध्यामिक विद्यालयमा कार्यशाला थालिएको नगरपालिकाका उपसचिव एवम् शिक्षा शाखा प्रमुख शालिग्राम काफ्लेले जनाउनु भयो । निवृत्त उपसचिव अशोक कालाखेती र बेलबारी नगरका उपसचिव एवम् शिक्षा शाखा प्रमुख भूपेन्द्रप्रसाद कोइरालाले कार्यशालाको सहजिकरण गरिरहनु भएको छ । तालिममा ८४ जनाको सहभागिता रहेको छ ।

सम्बन्धित खवर