नक्कली प्रहरी बनेर धम्क्याउने पक्राउ - Crazysaptahik.com

नक्कली प्रहरी बनेर धम्क्याउने पक्राउ


क्रेजी साप्ताहिक काठमाडौं । नक्कली प्रहरी बनेर धम्क्याउने गरेको आरोपमा काठमाडौंको कागेश्वरीबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिका घर भई हाल भक्तपुर कमलविनायक बस्ने २६ वर्षीय सुमित श्रेष्ठ र सोही स्थानको च्यामासिङ बस्ने २९ वर्षीय राज कुमार नेपाल रहेका छन् ।

कागेश्वरी नगरपालिका ७ मुलपानी थापागाउँबाट ‘ब्यूरोको प्रहरी हौं’ भन्दै सर्वसाधरणलाई धम्क्याएर हिंडेको आरोपमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई बुधबार साँझ पक्राउ गरेको हो । उनीहरुको साथबाट बा.८५ प ६२७४ नम्बरको मोटरसाइकल, ४ थान पकेट पर्स, ४ थान मोबाइल, १ थान चाँदीको सिक्री र २१ हजार ९ सय ३५ रुपैयाँ नगद बरामद गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खवर