आगलागीबाट २ हजार ५ सय कुखुरा नष्ट - Crazysaptahik.com

आगलागीबाट २ हजार ५ सय कुखुरा नष्ट


क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरे ८ स्थित कमल कृषि फर्ममा आगलागी हुँदा २ हजार ५ सय वटा कुखुरा जलेर नष्ट भएका छन् ।फर्ममा रहेका २ हजार ५ वटा कुखुरा तथा कुखुराको खोर सम्पूर्ण रुपमा जल्दा ९ लाख रुपैयाँ बराबरको क्षति भएको फर्मका सञ्चालक कमलबहादुर भण्डारीले जनाए ।

रहस्यमय रुपमा हिजो वेलुका ५ बजेको समयमा आगलागी भएकाले कसैले आगो लगाइदिएको हुनसक्ने भण्डारीको आशंका छ । नगरपालिका उपप्रमुख एवम् नगर अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोला सहितको टोलीले आज त्यहाँको अनुगमन् गरेको छ ।

सम्बन्धित खवर