क्रेजी साप्ताहिक । कर्तव्य ज्यान मुद्धा र जवरजस्ती करणी मुद्धाका फरार दुई जना प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउँपालिका–८ का ५० वर्षीय दरौगा मिया धुनिया र छिपहरमाई गाउँपालिका–५ का ४५ वर्षीय दिनेश प्रसाद साह कानु रहेका छन् ।
कर्तव्य ज्यान मुद्धामा धुनियालाई जिल्ला अदालत पर्साले २०७६ जेष्ठ १४ गते १० बर्ष कैद सजाय सुनाएको थियो भने कानुलाई ०७२ साल माघ १८ गते जबरजस्ती करणी मुद्धामा ६ वर्ष ११ महिना १५ दिन कैद सजाय सुनाएको थियो । गाउँघरमै लुकीछिपी बसेको अवस्थामा दुबै जनालाई शनिबार नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि आइतबार जिल्ला अदालत पर्सामा पठाइएको प्रहरीले जनाएको छ ।