क्रेजी साप्ताहिक
इलाम । इलाममा दाजुभाईको झगडा हुँदा एक जनाको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय पशुपतीनगरले जनाएअनुसार सुर्योदय नगरपालिका–१२ आठघरेमा दाजु भाई बिच झगडा तथा कुटपिट हुँदा ४६ बर्षीय हर्क बहादुर रसाईलीको मृत्यु भएको हो ।
मादक पदार्थ सेवन गरेर आईतवार राती स्थानीय ४६ बर्षीय हर्क बहादुर रसाईली र ४८ बर्षीय राम बहादुर रसाईली विच झगडा भएको थियो । दाजु, भाईको झगडामा भाइ हर्क बहादुर रसाईलीको मृत्यु भएको हो । घटनाको कानूनी प्रकृया पुरा गरी थप अनुसन्धान भईरहेको साथै हत्यामा संग्लग्न मृतकका दाजु फरार रहेकोले खोजतलास भईरहेको प्रहरीले बताएको छ ।