बोराभित्र पोको पारेर फालिएको अवस्थामा ५ महिने शिशुको शव फेला - Crazysaptahik.com

बोराभित्र पोको पारेर फालिएको अवस्थामा ५ महिने शिशुको शव फेला


क्रेजी साप्ताहिक
चितवन । बोरामा पोको पारेर फालेको अवस्थामा शिशुको शव फेला परेको छ । सोमबार चितवनको भरतपुर महानगरपालिका वडा १५ शिवराम चोक नजिक एक नवजात शिशुको शव भेटिएको हो । चितवनका डीएसपी एकनारायण कोइरालाका अनुसार बोरामा पोको पारेर फालिएको अवस्थामा करिब ५ महिनाको शिशुको शव फेला परेको छ ।

शिशुको शवलाई भरतपुर अस्पतालमा ल्याएर पोस्टमार्टम गरिएको उनले जानकारी दिए । शिशुलाई कसलै मारेर फालेको हुन सक्ने आशंका प्रहरीले गरेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेकोले भेटिएको शिशुको शव कसको हो भन्ने केही नखुलेको कोइरालाले बताए ।

सम्बन्धित खवर