क्रेजी साप्ताहिक जनकपुर । जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर शाहले आफ्नै कार्यकक्षमा थुनेर पत्रकारमाथि कुटपिट गरेका छन् । मेयर शाहले समाचारका लागि प्रतिक्रिया लिन पुगेका पत्रकारहरूलाई आफ्नै कार्यकक्ष थुनेर कुटपिट गरेका हुन् ।
नेपाल पत्रकार महासंघका जिल्ला सभापति अलिन मिश्र तथा पत्रकारहरू अरकान्त अमर, विकास साह, राजा झा, सुमित मिश्र, सुवास वर्ण र शत्रुधन यादवलाई मेयरले कुटेका हुन् । मेयरले गुण्डा लगाएर हेल्मेट र पाइपले कुटेको पिडित पत्रकारले बताएका छन् ।