क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको ४ नम्वर वडा कार्यालयले आफ्नो वडाका ४ वटा सामुदायिक विद्यालयका साना कक्षाका विद्यार्थीलाई स्वेटर वितरण कार्यक्रम अघि सारेको छ । जसमा, जेहेन्दार तथा विपन्न बालबालिकालाई लत्ताकपडा वितरण कार्यक्रम अन्तर्गत आज स्थानीय सरस्वती आधारभूतमा ५० जना र सिद्धार्थमा ३० जना विद्यार्थीलाई स्वेटर प्रदान गरिएको हो ।
वडाध्यक्ष गोविन्दवहादुर भण्डारीको अगुवाईमा वडा समिति तथा कर्मचारीहरुले अंग्रेजीमाध्यममा पठनपाठन गर्ने नर्सरीदेखि युकेजीसम्मका विद्यार्थीलाई स्वेटर वितरण गरेका हुन् । सोही कक्षासम्मका जनकल्याणमा ४० र भागिरथ माविमा ३० जना विद्यार्थीलाई पनि स्वेटर वितरण गरिने वडाध्यक्ष भण्डारीले जनाए । वडाले सो शिर्षकमा ५० हजार वजेट विनियोजन गरेको छ ।