सन्दिप लामिछानेले गरे ‘नेपाल भ्रमण वर्ष २०२०’ को प्रचार - Crazysaptahik.com

सन्दिप लामिछानेले गरे ‘नेपाल भ्रमण वर्ष २०२०’ को प्रचार


क्रेजी साप्ताहिक । अस्ट्रेलियाको क्रिकेट बिगब्यास लिग खेलिरहेका नेपालका स्पिनर सन्दिप लामिछानेले ‘नेपाल भ्रमण वर्ष २०२०’ को छुट्टै शैलीबाट प्रचार गरेका छन् । बुधबार भएको खेलमा सन्दीपले नेपाल भ्रमण वर्षको प्रचारको साथै अस्ट्रेलियामा लागेको डढेलो पीडितलाई सहानुभूति समेत दिए ।

खेलमा सन्दिपले जुत्ताबाट नेपाल भ्रमण वर्ष र अस्ट्रेलियाका अग्नी पीडितहरुलाई सहानुभूति दिएका थिए । उनले लगाएको एउटा जुत्तामा ‘भिजिट नेपाल २०२०’ लेखिएको थियो भने अर्को जुत्तामा ‘बुस फायर हिरोज’ लेखिएको थियो । सन्दिप बिगब्यास लिगमा मेलबर्न स्टारबाट खेल्दै आएका छन् ।

सम्बन्धित खवर