पथरीका डिएसपी गिरीबिरुद्ध ब्यबसायी,बर्दिको दुरुपयोग गरेको आरोप - Crazysaptahik.com

पथरीका डिएसपी गिरीबिरुद्ध ब्यबसायी,बर्दिको दुरुपयोग गरेको आरोप


क्रेजी साप्ताहिक पथरी । ईलाका प्रहरी कार्यलय पथरी मोरङमा मंसिरको अन्तिम सातादेखि नेतृत्व सम्हालेका डिएसपी दिलिपकुमार गिरीले बर्दिको पावर देखाउदै दुःख दिन थालेको स्थानीय ब्यवसायीहरुले गुनासो गरेका छन । पौष २१ गते साँझ चिसाङ खोलबाट बालुवा लिएर घर फर्कदै गरेको को २ त ४२६८ नं. ट्रयाक्टरलाई नियन्त्रण लिई चोरीको आरोपमा उनले जिल्ला पठाएका छन । गिरीले मोरङ पथरीशनिश्चरेका राजेन्द्र रेग्मीले किनेर ल्याएको बालुवा चोरीको आरोप लगाउदै जिल्ला समन्वय समितिमा पत्र काटेको भन्दै दुःख दिएको बताएका छन । उनले भने डिएसपी भनेर के गर्नु, कागजात त हेर्न नजान्ने रहेछन् उनले मलाई अनावश्यक दुःख र झन्झट मात्र दिए । नियन्त्रणमा लिएको ट्रयाक्टरको रिन्यु फेल भएकाले रिन्यु गर्न डिएसपी गिरीले पठाएको तर रिन्यु गरि आँउदा जिल्ला समन्वय समितिमा जानु भन्दै दुख दिएको रेग्मीको गुनासो छ ।

पटकपटक धाउँदा समेत डिएसपिले रसिद सहितको बालुवा चोरीको भन्दै दुख दिए पछि रेग्मी पत्रकारको सहयोग लिन आएका हुन । २२ गते विहान रेग्मीले कागजपत्र बोकेर इलाका पुग्दा डिएसपी गिरीले सवारी दर्ता प्रमाण पत्र (ब्लुबुक) नविकरण फेल भएको र सो नविकरण गरेर आउनु अनि गाडी लैजानु भनेको तर आफु ब्लुबुक नविकरण गरेर आउदा चोरीको बालुवा हो भनेर जिल्ला समन्वय समितिमा पत्र काटेको भन्दै दुःख दिएका थिए । कागज देखाउदा ब्लुबुक मात्रै हेर्ने अनि चोरीको बालुवा भनेर यसरी दुःख दिन पाइन्छ ? म संग बालुवा खरिद गरेको रसिद छ’ भन्दै रेग्मीले रसिद देखाए तर डिएसपी गिरीले अब जिल्ला समन्वय गएर उतै मिलाएर आउनु, उतै रसिद पनि देखाउनु भन्दै बर्दिको दम्भ देखाएको रेग्मी बताएका छन् ।

ट्रयाक्टर पक्रनु अनि सबै कागज पत्र नहेरी चोरीको बलुवा हो भनेर जिल्ला पठाउनु व्यावसायीलाई दुःख दिने नियत नै देखिन्छ । ट्रयाक्टर चालक संग बिल नं. ९३३ को रु. १ हजार ५० को रसिद समेत रहेको थियो तर प्रहरी चेकको नाममा पैसा असुल्न बसेको हो भन्ने प्रस्ट हुन्छ । नत्र डिएसपि जतिको अफिसरबाट कुनै कागज नै नहेरी कसरी जिल्ला पठाइन्छ । डिएसपि आए पछि धेरै कुराको सुबिधा र सुरक्षा हुन्छ भनेर आश गरेका जनता र ब्यावसायीहरु एक जिम्मेवार अफिसरबाट यस्तो कमजोरी हुदा निरास बनेका छन ।डिएसपि गिरीले इलाका सम्हालेको भोलि पल्टै बिहान ७ बजे देखी ४ बजे सम्म ४ जना ब्याक्तीहरुलाई सुकुम्बासीले आफ्नो नियन्त्रणमा लिँदा सम्म रमिते बनेका थिए । एउटा अफिसरले बिहान ७ बजे देखि ४ बजे सम्म बन्धक बनाइदा रमिते हुनुले प्रहरीको सुरक्षा कस्तो छ भन्नेमा प्रश्न चिन्ह उठ्ने गरेको छ । २ बजे पत्रकारको उपस्थिती पछि जिल्ला प्रहरीको पावरमा घटना स्थल रणभुमी झै भएको थियो । प्रहरी र सुकुम्बासी बिच झडप हुदा पत्रकारलाई भिडियो नखिच भन्दै क्यामरा खोसी पत्रकार माथि दुब्र्यबहार गरिएको थियो । बालुवाको विषयमा डिएसपी गिरीलाई बुझ्दा पहिले सबै कागज नदेखाएको र आफुले जिल्ला समन्वयमा पत्र काटेको बताए । डिएसपि गिरीले प्रहरीले गल्ती गरेको प्रमाण भए उजुरी गर्नु भन्दै पन्छिएका छन ।

उता पैसाको पहुँचमा नदिजन्य पदार्थ निकाल्नका लागि अनुमति दिईएको भन्दै स्थानिय ब्यवसायीहरु आक्रोसित बनेका छन् । जिल्ला समन्वय समितिको पत्र लिएर ठुला ब्यवसायीहरुले लेटाङ नगरपालिका वडा नं. ९ मा रहेको तेली खोलावाट ढुंगा गिटी निकालेको भन्दै व्यवसायि रुष्ट वनेका हुन् । लेटाङ नगरपालिकाले ७ दिने सुचना निकालेर खोला ठेक्काका लागि सुचना निकालेको बेला जिल्ला समन्वय समितिले खोला जन्य पदार्थ ननिकाल्न भन्दै सुचना निकालेको थियो । ठुला ब्यवसाियले भने जिल्ला समन्वय समितिको पत्र देखाउदै धमाधम उत्खनन् गरिरहेका छन् ।

सम्बन्धित खवर