बालसेवाको ४६औं बार्षिकोत्सवमा अक्षयकोष स्थापना - Crazysaptahik.com

बालसेवाको ४६औं बार्षिकोत्सवमा अक्षयकोष स्थापना


क्रेजी साप्ताहिक
झापा । झापाको शिबसताक्षी–७ फाक्तेपस्थित बालसेवा आधारभुत बिद्यालयले ४६ औ बार्षिक उत्सब बिबिध कार्यक्रम गरि मनाएको छ । स्थानीय बुद्धिजिबी तथा शिक्षासेवीहरुको सक्रियतामा स्याउला र बाँसको कटेरोबाट सुरुवात २०३० सालमा स्थापना गरिएको उक्त बिद्यालयले बिहिबार ४६ औ बर्षगाँठ मनाएको हो ।

बिभिन्न आरोह अवरोह पारगर्दै अहिले पक्कि भौतिक संरचनामा पठनपाठन भईरहेको सो बिद्यालयले उत्पादन गरेको बिद्यार्थीहरु राज्यको माथिल्लो ओहोदामा समेत पुग्न सफल भएको कार्यक्रममा बताइएको छ । बार्षिक उत्सबको अवसरमा पुर्ब बिद्यालय ब्यवस्थापन समिति, शिक्षक अबिभावक संघका पदाधिकारी सहित २ जना दिर्घसेवी शिक्षकहरुलाई सम्मान गरिएको थियो । बिद्यालयबाट अवकाश भएका ५ जना शिक्षकहरुलाई सोही कार्यक्रमबाट बिदाई समेत गरिएको थियो ।

सो अवसरमा बिद्यालयका प्रधानध्यापक बेनुप्रसाद कार्कीले बिद्यालयको बार्षिक गतिबिधि प्रस्तुत गरेका थिए । बिद्यालयको प्राङगणमा भएको उक्त कार्यक्रममा दुई जना दाताहरुले आफ्ना दिवंगत परिवरको स्मृतिमा छात्राबृद्धि अक्षय कोष स्थापना गरिएको छ । जसअनुसार स्थानीय शिक्षासेबी भुवानी प्रसाद शेर्माले स्वर्गिय छोरी सुजना शेर्माको स्मृतिमा १ लाख ५१ हजार रुपैयाको सुजना शेर्मा स्मृति छात्राबृद्धि अक्षयकोष स्थापना गरेका हुन् ।

यता, स्थानीय समाजसेवी जितेन्द्रराज चेम्जोङले आफ्ना स्वर्गिय आमा–बुबाको स्मृतिमा ५१ हजार रुपैयाको धनबर्ण–हंशमाया आङदेमबे चेम्जोङ छात्राबृद्धि अक्षयकोष स्थापना गरेका छन् । सो अवसरमा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने बिद्यार्थीलाई समेत पुरस्कृत गरिएको थियो ।बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नबिन इजमको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यार्थी तथा अबिभावकहरुको उलेखिय सहभागिता रहेको थियो ।

सम्बन्धित खवर