क्रेजी साप्ताहिक
पथरी । सुकुम्बासी तथा अव्यवस्थित बसोबास साझा संघर्ष समितिले ६ महिना भित्र समस्या समाधान गर्न सरकारलाई अल्टिमेटम दिएका छन् ।
पथरीशनिशचरेका मौसम लिम्बुको नेतृत्व रहेको संघर्ष समितिले शनिबारमा पथरीको जाँते मोडमाा खबदारी सभा तथा कार्यक्रम घोषणा गर्दै प्रदेश १ सरकारले ६ महिना भित्र समस्या समाधान गर्नुपर्ने पत्रमा उल्लेख छ ।
समितिले सुकुम्बासी परिचयपत्र वितरण गर्ने, पथरीशनिश्चरे नगरको हरेक वडामा चार वटा टोल समिती गठन गर्ने, सुकुम्बासी युवा, महिला समिति गठन गर्ने, विभिन्न विचार गोष्ठी गर्ने, भूमाफियालाई गाउँ पस्न प्रतिवन्द गर्ने, नेपालको राष्ट्रपति, भूमिसुधार मन्त्रालयमा ज्ञापनपत्र बुझाउने लगायत १४ बुँदे घोषणा पत्र सार्वजनिक गरेका छन् ।
साझा संघर्ष समितिले जोत भोगको आधारमा जग्गा पाउनुपर्ने, जग्गा दिदा रकम लिन नहुने र जग्गा दिन्छु भन्दै विगतमा लिइएको रकम फिर्ता गर्नुपर्ने घोषणामा उल्लेख छ । घोषणा सभामा मंगोल नेशनल अर्गनाइजेसन (एमएनओ)को केन्द्रीय सद्स्य, प्रदेश १ को संयोजक शक्ति राई, नेपाली कांग्रेस क्षेत्रीय सचिव राजु लामा, समाजवादी फोरमको परसुराम लिम्बू, संघीय लिम्बुवान मन्चको उदय मादेन लगायतले विचार राखेका थिए । वक्ताहरुले नेकपा सरकारको विरोध गर्दै भूमाफिया नेकपाले पठाउने गरेकोसम्म आरोप लगायका थिए । सभामा करिव एक हजार सहभागी रहेका थिए ।