क्रेजी साप्ताहिक । प्रदेश नं ३ को नाम बागमती तोकिएको छ । प्रदेशसभाको आइतबार बसेको बैठकले प्रदेशको नाम र स्थायी राजधानीको पनि टुंगो लगाएको हो । बैठकले राजधानी हेटौडा तोकेको छ ।
राजधानी हेटौंडा राख्ने प्रस्तावको पक्षमा भएको मतदानमा १०५ सांसदले पक्षमा मतदान गरेका थिए । भने ३ जना सांसदले हेटौंडा स्थायी राजधानी बनाउन नहुने पक्षमा मतदान गरेका थिए । त्यसै गरी नाम बागमती राख्ने प्रस्तावको पक्षमा भएको मतदानमा १०८ सांसदले पक्षमा मतदान गरेका थिए । भने बागमती नराख्ने पक्षमा मत परेको थिएन् ।