क्रेजी साप्ताहिक । धनकुटाको तमोर नदीमा हाम फाल्दा एक जनाको ज्यान गएको छ । ईटहरी उपमहानगरपालिका–१ आपगाछीका ३३ वर्षीय राजन चौधरी र २९ वर्षीय अञ्जिल मगर तेह्रथुमको तिनजुरेमा हिउँ खेलेर फर्कने क्रममा शनिबार राती ११ उक्त पुलमा आएपछी को ३५ प ४१०१ नम्बरको मोटरसाईकल रोकेर राजन चौधरी तमोर नदीमा हाम फालेका थिए ।
घटनाबारे प्रहरी चौकी मुलघाटमा जानकारी गराउनासाथ घटनास्थलमा खटिएको प्रहरी टोलीले पानीमा रहेको राजनको शबलाई निकालेको थियो । घर फर्किदै गर्दा युवकले किन नदीमा हामफाले भन्ने विषय खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीले मोटरसाईकल चालक अञ्जिल मगरलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।