माघे संक्रान्तिको महिमा - Crazysaptahik.com

माघे संक्रान्तिको महिमा

  •  कृष्णप्रसाद अधिकारी
  • एसिया महादेश भित्र पर्ने हाम्रो देश नेपाल । यहाँ विभिन्न जात जातिका मानिसहरूको बसोबाँस छ । साथै विभिन्न प्रकारको धर्म मान्ने चलन छ । नेपालमा बसोबाँस गर्ने मानिसहरुले १ सय १० प्रकारका पर्व पनि एक प्रमुख पर्व हो । सूर्य राशी चक्रबाट दशैं स्थानको मकर राशीमा प्रवेश गर्दा मकर संक्रान्ति हुन जान्छ । उत्तरायणको सुरुवात हुने र माघ महिनाको पहिलो दिन पर्ने हुँदा यस दिनलाई माघे संक्रान्ति भनिन्छ ।

यो दिन विहान सूर्य उदय पूर्व नै इनार, तलाउ, पोखरी गंगा गंगामाई वा आफूलाई पायक पर्ने नदी जलाशयमा गई स्नाथ गर्ने गारिन्छ । स्नानका लागि महत्वपूर्ण गंगा स्थानहरू यस प्रकार छन् । कन्काइमाई माइखोला पूर्व माई जोरपोखरी, हेवा खोला काबेली नदी, यस्तै बराह क्षेत्र संगम त्रिवेणीघाट, देवघाट, नारायणी नदी, विष्णुमति बागमती आदि आदि ।

माघे संक्रान्तिका दिन विहान सवेरै आफ्नो घर सफासँग लितपोत गरी पुजा आजा
गरिन्छ । संक्रान्तिको पूजा लगाइन्छ । पूजा लगाउँदा निम्न लिखित विधि अनुसार गर्ने गरिन्छ । दीप कलस गणेश पञ्चकुम्य कलसमा राखी सप्तमृतिका धमिरा ढिम्कीको मोटा दहको माटो, दोवाटाको माटो, घोडा टाप सारको माटो हात्तीसारको माटो, आदि जम्मा गरी सवैरत्न पञ्चरत्न, दुबो सर्सिउ वरपीपलको पात विभिन्न रंग जातजातिका फूल कलसमा सजाएर नवग्रहको पूजा गरिन्छ । त्यसपछिको अस्टदल थालमा लेखेर पुजाका साथै प्रसादका रुपमा सेल, बाबर, रोटी, तरुल विभिन्न प्रकारका फलफूलहरु तयार गरेर राखिन्छ ।

त्यसपछि स्थापना गरेको दीपलाई बालेर हातमा चन्दन, अक्षता फूल लिएर प्रार्थना
गरिन्छ । प्रार्थना गर्दा निम्न लिखित मन्त्र उच्चारण गर्दै जय भवतु कल्याण आरोग्य भन्दै भो दीप नारायण इच्छागच्छ यावत्पूजा करोमी, तावतं सुस्थिरो भव मम पूजा गृहाण भनेर आह्वान गरिन्छ । अनि पाद्य समर्पयार्मी दीप नारायण नम त्यस्तै अछै आचमनियम् पञ्चामृतम् सुद्योदकस्नाने सर्मपणयामी भनी पूजा गर्ने गरिन्छ ।

‘ॐ शुभ भवतु कल्याण मारोग्य मम संपद ममसत्रु विनासाय दीप ज्योती नमस्तुते’ मकर संक्रान्तिका दिन माइवेनीया मकर स्थान गर्ने भक्तजनहरुको ठूलो घुइचो हुन्छ । भक्तजनहरु देवी देवताको पूजा गर्ने भजन कितैन गर्ने चलन अनुसार भजनमा तल्लीन देखिन्छन् भक्तजनहरु । यसै अवसरमा कृषि मेला अन्य विभिन्न प्रकारका व्यापार हुनुका साथै लिम्बु समुदायका युवा युवती वीच धाननाच (यालाङमा) आयोजना गर्ने गर्दछन् र अन्य समुदायहरु जुवारी तथा दोहोरी गीत आयोजना गरी मेलालाई बढी आकर्षक बनाउँदछन् ।

यस्तै प्रकारले झापा जिल्लामा पर्ने कन्काइ नदीमा मकर स्नानगरी माइवेनी मेला गर्देछन् । देवी भगावतीका ६ जना दिदी बहिनी मध्ये सबैभन्दा सबैभन्दा शक्तिशाली मानिने भाइवेनी भनिने कन्काइ नदी मा स्नानगर्नाले पाप मोचन हुन्छ भन्ने जन विश्वास छ । यस अवसरमा नेपाल भारतका भक्तजनहरु जम्मा भई मेला गर्ने र आफनो भाकल अनुरुप कुखुरा, हाँस, बोका, राँगा पेरवाको बलि दिन्छन । यो स्थान प्रमी प्रेमिकाको लागि मिलनविन्दु मानिन्छ ।
किरात समुदायका युवा युवतीद्वारा प्रस्तुत गरिने धाननाच अत्यन्तै प्रशंनीय हुन्छ । माघ महिनामा स्कन्धपुराणद्वारा उत्प्रेरित श्री स्वस्थानी व्रत कगा माघ महिना भर व्रत बसी माघ महिना शुक्लपक्ष पूर्णिमाको दिप स्वास्थानी माताको पूजा गरी रातमा जाग्राम समेत गरी पूजालाई विसर्जन गर्देछन् । उक्त पूर्णिमाका दिन झापा जिल्ला झापा किचकव छ र स्थानमा मेला लाग्ने गर्दछ । माघ महिना वृत्त स्थान दुःख दरिद्र नासाय श्री विस्णु तोषणाय प्रातस्नान कुरुम्यादं माघ पाप विनासनम् मकरस्ते पूर्वेमाघे गोविन्दा च्युत माघव स्नाने दाने चमे देव ययोम्त भवः ।

यो पर्वलाई हाम्रो देश नेपाल को पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बसोबास गरेका सन्थाल (सतार) जातिले भने ज्यादै अनौठो र धुमधामका साथ मनाउँछन् । उनीहरु मन्दिर नवनाउने, मुर्ति पूजा नगर्ने कालीसिङ, लाकचेउज, वेउजटङ्गा, नामक भूतबाट डराउने हँुदा यो जातिले माघ महिनाको वगते संक्रान्तिका दिन पिलचुहजम, पिल्चुबुडी,जहेरचरा, गोसायराया मराङबुङलाई देउता मान्दछन् ।

पर्वमान्नइनिहरु च्या गिठा म्यागुर, माछा तरुल सेल रोटी आलु सखरखबा जम्मा गर्दछ । उनीहरु माघे संक्रान्तिका दिनलाई नयाँ वर्षको रुपमा मान्दछन् नयाँ वर्ष सुुरु भएको हँुदा १ वर्ष सम्म गर्ने कामको व्यवस्था मिलाउँछन् र सो व्यवस्था मिलाउने मुख्य व्यक्ति प्रमुख मिलाउनेलाई माझीहजम भनिन्छ । उसलाई सुधाउने २ जना व्युनिन्छ उक्त माझीहडामले दिन तिलको लड्डु तिलरोटी तिलको सिटाबाट आगो बाली तापेमा एक वर्ष अरुको पाप मोच हुन्छ भन्ने जनविश्वासभूही आएको छ ।

चामल, दाल, घिउ अदुवा, नुन, बेसार चामल मिलाएर खाना बनाइन्छ यो पर्व मनाउनेलाई । यसरी बनाएको खानालाई खिचडी भनिन्छ । यो दिन खिचडी खानाले पवित्र भइन्छ भन्ने मान्यता रही आएको छ । तिलस्नायी तिलदन्ती तिलहोमी तिलोदकी तिलभुम्ती तिलदाता षड्तिला पाप नासनम् ।
– पथरीशनिश्चरे–३, पिपल चौक

सम्बन्धित खवर