रिजु भट्टराईलाई जिताउन अभियान सञ्चालन - Crazysaptahik.com

रिजु भट्टराईलाई जिताउन अभियान सञ्चालन

क्रेजी संवाददाता
पथरी । मोरङ पथरी शनिश्चरेकी रिजु भट्टराईलाई मिस ग्लोब २०२५ अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता जिताउन अभियान सञ्चालन गरिएको छ ।
आज रिजुको गृहनगर पथरी शनिश्चरेमा पथरी जेसीजले पत्रकार सम्मेलनको आयोजना गरी ‘रिजु भट्टराई जिताऔं अभियान’को सुरुवात गरिएको जानकारी गराएको छ । सो अभियानमा पूर्व पथरी जेसीज अध्यक्ष राजकुमार विश्वकर्माको संयोजकत्वमा समिति निर्माण भएको छ ।
रिजु मिस पथरी २०१९ र मिस पूर्वाञ्चल २०१९ कि विजेता हुँदै मिस ग्लोब २०२५ कि विजेता बनेकी हुन् । उनी मिस ग्लोब २०२५ अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन युरोप जाने तयारीमा छिन् ।
पत्रकार सम्मेलनमा रिजुकी बुबा प्रह्लाद भट्टराईले सहयोग गरिदिन आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा अपिल गर्नुभयो ।
पत्रकार सम्मेलनमा पथरी जेसीजकी अध्यक्ष निर्मला भट्टराई, अभियानका कोषाध्यक्ष सुवर्ण खत्री, सचिव सुमन कुरुम्बाङ लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.