क्रेजी संवाददाता
पथरी । पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा थारु समुदायको लोकप्रिय जितिया विशेष साँस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।
शनिबार ‘भाषा, संस्कृति, भेषभुषा र जातीय पहिचानको संरक्षण’ भन्ने नाराका साथ थारु कल्याणकारिणी सभा पथरी शनिश्चरेको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको थियो । नगर प्रमुख तुम्बापोले पथरी शनिश्चरे नगरभित्र विविधतामा एकता रहेको उल्लेख गर्दै नगरपालिकाले सबै समुदायका संस्कृति र परम्पराको विकास एवम् संरक्षण गर्ने बताउनुभयो ।
थारु कल्याणकारिणी सभा पथरी शनिश्चरे नगर अध्यक्षका रामनारायण चौधरीको अध्यक्षतामा भएको सो कार्यक्रममा थारु कल्याणकारिणी सभा कानेपोखरीका अध्यक्ष विद्यानन्द चौधरी, पथरी शनिश्चरे वडा नं ८ का वडा अध्यक्ष नवीन कार्की, वडा नं. ४ का वडाध्यक्ष लोककिरण न्यौपाने, बाबुराम चौधरीले शुभ–कामना मन्तब्य राख्नुभएको थियो ।