पथरीका निश्चल ‘द भ्वाइस अफ किड्स सिजन ४’ को लाइभ राउण्डमा, भोटका लागि अपिल - Crazysaptahik.com

पथरीका निश्चल ‘द भ्वाइस अफ किड्स सिजन ४’ को लाइभ राउण्डमा, भोटका लागि अपिल

क्रेजी संवाददाता,  पथरी

मोरङको पथरी शनिश्चरे–२ शान्तिचोकमा अवस्थित रेडस्टार इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थी निश्चल लिम्बु चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ किड्स नेपाल सिजन ४’ को लाइभ शो (भोटिङ राउन्ड) मा प्रवेश गरेका छन्।

कक्षा–५ मा अध्ययनरत निश्चलले विभिन्न राउन्डमा आधुनिक, पप र रक शैलीका गीतहरू प्रस्तुत गर्दै कोच मिलन अमात्यको टिमबाट उत्कृष्ट प्रदर्शन गरेका हुन्। उनले ब्याटल राउन्डमा दुई प्रतिस्पर्धीलाई पछि पार्दै लाइभ शोमा स्थान सुरक्षित गरेका हुन्।

विद्यालयका प्रिन्सिपल टी.एन. तिम्सिनाले निश्चलको संगीतको साथै अध्ययनमा पनि उत्तिकै रुचि रहेको भन्दै, “हामी पूर्ण विश्वस्त छौं, निश्चलले यसपटकको उपाधि ल्याउनेछन्,” भन्नुभयो।

क्रेजी साप्ताहिकसँगको कुराकानीमा निश्चलले भने, “म ‘द भ्वाइस अफ किड्स’ को लाइभ शोमा प्रवेश गर्न सफल भएको छु। देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा विनम्र अनुरोध गर्दछु—कृपया मलाई भोट गरेर विजयी गराइदिनुहोस्।”

निश्चललाई भोट दिन
👉 Khalti by IME एप डाउनलोड गरी सजिलै भोट गर्न सकिनेछ।

सम्बन्धित खवर