विद्यालय र विद्यार्थीलाई सहयोग - Crazysaptahik.com

विद्यालय र विद्यार्थीलाई सहयोग


क्रेजी साप्ताहिक
पथरी । पथरी शनिश्चरेका शिक्षासेवीहरुले सोमबार वडा नम्वर ३ को सामाजिक आधारभूत विद्यालय र त्यहाँका विद्यार्थीका लागि सामग्री हस्तान्तरण गरेका छन् ।

‘अभियन्ताहरुको अभियान, शिक्षादान सर्वदान’ नारा सहित प्रदीपकुमार राईको अगुवाईको समूहले विद्यालयका लागि १० थान सिलिङ पंखा, ३२ इन्चको एउटा एलइडी टेलिभिजन प्रदान गरेको छ । साथै त्यहाँका सम्पूर्ण १ सय ४८ जना विद्यार्थीलाई स्वेटर र ट्राउजर समेत प्रदान गरिएको हो ।

कार्यक्रमको प्रमुख अतिथि पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले सामग्री वितरण गर्दै यसखाले शिक्षासेवीको अभियानले समस्यामा रहेका विद्यालय र विद्यार्थीलाई टेवा पुगेर शैक्षिक गुणस्तर उक्सिने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा, विद्यालयले सहयोगीहरु तथा लायन्स, जेसीजका अधिकारीहरुलाई समेत प्रशंसापत्रले प्रशंसित समेत गरेको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्रीप्रसाद तुम्वापो, प्रधानाध्यापक शंकरकुमार धिमाल सहितले विद्यालयकोतर्फबाट प्रशंसापत्र प्रदान गर्नुभयो ।

उक्त अभियानमा प्रदीपका साथै अशोक हुक्पा चोङ्वाङ लिम्बू, गणेश थक्लुङ लिम्बू, इन्द्रमाया लिम्बू, सहारा लिम्बू, पर्शु गुरुङ, सञ्जीव सुब्बा सहितले रकम संकलन गरी ती सामग्री हस्तान्तरण गर्ने कार्यक्रम बनाउनु भएको हो । सो समूहले अन्य विद्यालयमा पनि यस्तै किसिमले कार्यक्रम गर्दै आएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.