क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले चाक्चाचुर येले दोङ ५०८० को शुभकामना व्यक्त गर्दै जातीय साँस्कृतिक सद्भावले नगरको विकास हुने बताइन् ।
नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघले पथरी शनिश्चरे ४ मा सोमबार आयोजना गरेको चाक्चाचुर येले दोङ पर्वको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि वास्तोलाले सो कुरा बताएकी हुन् । उनले सवै जातीय संस्कृति उत्थानका लागि नगरले सधैं सहयोग पुर्याउने पनि जनाइन् ।
उक्त अवसरमा, उपप्रमुख वास्तोलालाई कुलुङ जातीको मौलिक पहिरन र सम्मानपत्रले सम्मानित समेत गरिएको छ । वडाध्यक्ष गोविन्दवहादुर भण्डारी, डम्बर चेम्जोङ, बाबुराम दहाल सहितका जनप्रतिनिधिलाई पनि मौलिक टोपी लगाएर सम्मानित गरिएको छ ।
खड्ग कुलुङको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा, हण्डिफोर, म्यूजिकल चियर्स प्रतियोगिताका साथै विभिन्न जातीय साँस्कृतिक नृत्यहरु प्रस्तुत भएका थिए । उनीहरुलाई पनि प्रशंसापत्र प्रदान गरिएको छ ।