एक बर्षअघि सार्वजनिक बसमा महिलाको टाउकोमा बिर्य फाल्ने युवक पक्राउ - Crazysaptahik.com

एक बर्षअघि सार्वजनिक बसमा महिलाको टाउकोमा बिर्य फाल्ने युवक पक्राउ


क्रेजी साप्ताहिक । एक बर्षअघि स्वयम्भु रुटमा चल्ने गाडीभित्रै हस्तमैथुन गरेर महिलाको टाउकोमा वीर्य फाल्ने व्यक्तिलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । सो घटनाबारे घट्ना लगत्तै अनुसन्धानरत प्रहरीले सो व्यक्तिलाई सोमबार बेलुकी चितवनबाट पक्राउ गरी काठमाडौं ल्याएको हो ।ं एक वर्षअघि सो व्यक्तिले यात्रुबस भित्रै हस्तमैथुन गरी एक महिला यात्रुको कपालमा वीर्यपतन गरेको थियो ।

प्रहरीले पक्राउ परेका व्यक्तिको नाम भने अहिलेसम्म सार्वजनिक गरेको छैन । २०७५ साल कार्तिकमा सामाजिक सञ्जालको म्यासेन्जर हुँदै भाइरल भइरहेको एक भिडियोले प्रहरीलाई हैरान बनाएको थियो । उक्त भिडियोमा एक व्यक्तिले हस्तमैथुन गरेर बसमा यात्रा गरिरहेकी युवतीको कपालमा आफ्नो वीर्य झारेको दृश्य थियो । लगत्तै प्रहरीले विज्ञप्ती नै निकालेर सो पुरुषको खोजी थालिसकेको जानकारी दिँदै घटनासम्बन्धी जानकारी भए प्रहरीलाई सहयोग गरिदिन आमनागरिकमा अपिल गरेको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.